उर्लाबारीः लेटाङ प्रिन्सेस सुजता खतिवडाले मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहमा आफ्नो जन्मदिन मनाएकी छिन् ।

सोमबार आफ्नो जन्मदिन बाल गृहमा आश्रित बालबालिकासँग उनले मनाएकी हुन् । उनले केक काटेर बालबालिकासँग खुशी साटेकी थिइन् । उनले बालबालिकालाई बिस्कुट र जुस पनि खुवाइन् । बालबालिकाहरूसँग जन्मदिन मनाउन पाउँदा खुशी लागेको उनले बताइन् । सो बाल गृहमा४६ जना बालबालिका आश्रित छन् ।