काँकरभिट्टाः काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्यानल बोर्डमा आगलागी हुँदा करीब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युट सट भएर लागेको सो आगोले संस्थाको प्यानल बोर्ड, ट्रान्सफर्मा, मिटर तथा अन्य विद्युतीय उपकरणमा क्षति पुगेको संस्थाका अध्यक्ष हर्कबहादुर फियाकले जानाकरी दिए ।
संस्थाको अपरेटिङ रुमबाट एक्कासी विद्युत सट भई घटना भएको संस्थाले जनाएको छ । समयमै कर्मचारी र स्थानीयको प्रयासमा आगो निभाइएको थियो । संस्थाका कोषाध्यक्ष दिलीप सुवेदीका अनुसार अहिले संस्थाले वैकल्पिक व्यवस्था गरेर पानी वितरणलाई सहज बनाएको छ । यसको मर्मत तथा सम्भारमा १ साताभन्दा बढी समय लाग्ने बताइएको छ ।