धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल नियुक्त भएका छन् ।

उपकुलपति प्राडा राजकुमार रौनियारलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार उपकुलपति रौनियार स्वतः निलम्वनमा परेकाले अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले खनाललाई निमित्त उपकुलपति पदमा नियुक्त गरेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

जिम्मेवारी पाएलगत्तै डा. खनालले प्रतिष्ठानका विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखा÷महाशाखा प्रमुखहरूको बैठक राखी सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्न आग्रह गरेको तामाङले बताए ।