इटहरीः इटहरीमा सर्पले डसेर १ जनाको मृत्यु भएको छ । समयमै अस्पताल नपु¥याउँदा ज्यान गएको बताइएको छ ।

इटहरी ११ भुसकलुवाका १२ वर्षीय समीर ऋषिदेवको ज्यान गएको हो । उनलाई ओछयानमा सुतिरहेकै बेला सर्पले डसेको थियो । अभिभावकले केही समयपछि झारझुक गराउन लगेका थिए । झारफुक गर्नेले तुरुन्त अस्पताल लैजान सल्लाह दिएपछि उपचार गराउन पूर्वी पृतना हेडक्वाटर स्थित सर्पदंश उपचार केन्द्र पु¥याउँदा ढिलो भइसकेको थियो ।

उपचारकै क्रममा उनको ज्यान गएको थियो ।