इटहरीः रोटरी क्लब अफ इटहरीको २३ औं पदस्थापन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ र विशिष्ट अतिथि सन्तोष रिजाल रहेका थिए । कार्यक्रममा वर्ष १९ \२० की अध्यक्ष अनिता अधिकारीले वार्षिक कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

पदस्थापनको पूर्वसन्ध्यामा रोटरी क्लब इन्टरनेसनलको मुख्य सेवा क्षेत्रअन्तर्गत जनता मावि सिंगिया रामधुनीमा छात्रा शौचालयको शिलान्यास गरिएको थियो
महिनावारीको समयमा प्याड फेर्ने कोठासहितको सो शौचालयको डिस्ट्रिक ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले शिलान्यास गरेका थिए ।

rotary club itahari  (2) rotary club itahari  (3)