फाइल तस्बिर
बेलबारीः प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा विकासका गतिविधिमा प्रदेश सरकारले गरेका काम अलपत्र बनेका छन् ।

स्थानीय सरकारलाई जानकारी नगराई पहुँचका आधारमा बजेट विनियोजन गरेपछि प्रदेश सरकारका योजना निर्माण सपन्न भइनसक्दै भत्कन थालेका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बेलबारीको सिर्जना पार्कका लागि बजेट विनियोजन गरे पनि अनुगमन तथा प्राविधिक इस्टिमेट गलत हँुदा पार्कको कम्पाउन्ड वाल बनाइनसक्दै भत्किन थालेको छ ।

असार ३१ गते निर्माण समिातिले काम सकेर फरफारकसमेत गरिसकेको छ । साउन २ गते राती सो पर्खाको केही भाग भत्किएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा आएको बजेटमा काम भएको थियो ।

उनले फेरि स्वास्थ्य शाखामा सो बजेट पठाएपछि काम अलपत्र बनेको थियो । एक कन्सल्टेन्सीलाई प्रदेश सरकारले आफैँ काम लगाएको थियो । केही दिन अघि आएको वर्षाका कारण वाल भत्किएको निर्माण समितिका अध्यक्ष जहाजमान याख्खाले बताए । बजेट खर्च गर्नका लागि प्रदेशका मन्त्रालयले विभिन्न बाटा प्रयोग गरेका कारण बजेट सदुपयोग हुन सकेको छैन ।