इटहरीः लोकसेवा आयोगले निकालेको विज्ञापनको विषयमा असहमति जनाउँदै इटहरीमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका प्रमुख उमेश मैनालीको पुतला जलाइएको छ ।

संवैधानिक आरक्षणको व्यवस्था नगरेको भन्दै मन्त्री पण्डित र आयोगका अध्यक्ष मैनालीको पुतला आदिवासी जनजाति महासङ्घ प्रदेश नम्बर १ समितिले जलाएको हो ।

आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको आदिवासी जनजाति महासङ्घको प्रदेश एक परिषदले प्रहरीलाई झुक्याउँदै पुतला दहन गरेको थियो । लामो सङ्घर्षपछि प्रहरीले पुतला खोसेर निभाएको थियो ।