पथरीः उत्कृष्ट निजी वनधनीतर्फ सुनवर्षी नगरपालिका–६ (गोविन्दपुर टुकियाखाडी)का नीलबहादुर चौहान (सालबाजे) ले राष्ट्रिय स्तरको दोस्रो पुरस्कार प्राप्त गरेका छन् ।

उक्त पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ । उनले २३ वर्षदेखि साल प्रजातिका बीउ रोपेर निजी वन हुर्काएका छन् ।

गणेशबहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कारतर्फ मङ्गलबारे सब डिभिजन कार्यालय (मोरङ) मा कार्यरत कर्मचारी टङ्कबहादुर बिकले द्वितीय पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कारको राशी ७५ हजार रुपैयाँ रहेको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे पनि सम्मानित भएका छन् ।