भोजपुरः भोजपुर नगरपालिका वडा नं. १० भैंसीपंखाका ५६ वर्षीय कुमार राई मृत फेला परेका छन् ।
केही दिनदेखि घरबाट हराइरहेका राईको शव भैंसीपंखास्थित धापखर्क नजिकैको फार्मेली सामुदायिक वनमा शुक्रबार फेला परेको थियो । जङ्गलमा सडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतकका छोरा सुरेश राईले शव आफ्नो बाबुको भएको पुष्टि गरेपछि आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
राई मानसिक रोगी रहेको र यसअघि पनि विभिन्न समयमा हराउने गरेको परिवारले बताएको छ ।