इटहरीः डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै विराटनगरको नोबेल अस्पताल मृतकका आफन्तले घेराउ गरेका छन् ।

दुहबी–६ निवासी अनिलकुमार साहको लापरबाहीपूर्ण ढङ्गबाट घुँडाको अप्रेसन गर्दा ज्यान गएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । आफन्त तथा दुहबीका स्थानीयले अस्पताल घेराउ गरी नाराबाजी गरेका छन् ।

सामान्य बिरामी अस्पतालकै कारण मृत्युको मुखमा पुगेको भन्दै अस्पतालमा प्रदर्शन गरिएको स्थानीयले बताए ।

अहिले २ सय स्थानीयवासीले अस्पताल अगाडि प्रदर्शन गरिरहेको सञ्चारकर्मी प्रेम गिरीले बताए । दोषीलाई कारवाही नगरे दुहबी बजार पनि बन्द गराउने स्थानीयले बताएको गिरीले बताए । उनका अनुसार अहिले नोबेल अस्पताल सञ्चालक र बिरामीका आफन्तबीच घटनाको विषयमा वार्ता भइरहेको छ ।

nobelma tanab  (2)