पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने ४ परिवारलाई किरात याक्थुङ चुम्लुङ इजरायलले सहयोग गरेको छ ।

लामो सयमदेखि इजरायलमा बसोबास गर्दै आएकी स्थानीय नुमा काङवा बखिम र माया इम्सोङले आर्थिक सङ्कलन गरी याक्थुङ चुम्लुङ इजरायल शाखाको सहयोगमा सोमबार प्रतिपरिवार ३० हजार ७ सय ५० रुपैयाँका दरले १ लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

सहयोग पाउनेमा पथरीशनिश्चरे–१० की कल्पना धिमाल र विष्णुमाया राई, पथरीशनिश्चरे–५ हसन्दहकी विमला दर्जी र पथरीशनिश्चरे–१ का दलबहादुर गुरुङ रहेका छन् ।

सहयोग रकम अभियानकर्ता (नुमा काङवा बखिम ) की आमा इन्द्रकुमारी लिम्बू, हिरक आधारभूत विद्यालयका प्रधानाध्यापक राम ढकाल र युवा व्यवसायी भुवन थापाले प्रदान गरेका थिए ।

कार्यक्रम पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको हिरक आधारभूत विद्यालयमा भएको थियो ।