विराटनगरः बुधबार विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानमा फ्रि वाइफाइ सेवा शुरु गरिएको छ ।

वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिको सहकार्यमा फ्रि वाइफाइ सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमका बीच कञ्चनबारी चोकमा रहेको वाइफाइको स्वीच अन गरेर फ्रि वाइफाइ सेवाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर पराजुलीले सञ्चारको युगलाई अझ फराकिलो बनाउने उद्देश्यअनुरूप वाइफाइ जडान गरिएको बताए ।

विराटनगरका पुष्पलाल चोक, राजवंशी चोक, ठूलो मिल चोक, कञ्चनबारी, कोशी अस्पताल, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, भृकुटी चोक, विराटनगर एयरपोर्ट, विराटनगर बसपार्क, जिल्ला प्रशासन कार्यालय, बरगाछी चोक, हनुमान मन्दिर र ट्राफिक चोक गरी १४ स्थानमा वाइफाइ जडान गरिएको हो ।

प्रत्येक चोकमा ५० जनादेखि २ सय जना मानिसले वाइफाइको प्रयोग गर्न सक्ने बताइएको छ । महानगरभित्र तत्काल ३२ स्थानमा वाइफाइ जडान गरिने र दोस्रो चरणमा नगरका थप ५० चोकमा वाइफाइ जोडिने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।

wifi  (2)