धनकुटाः पहिरोले विद्युत लाइनको पोल लडाएपछि धनकुटा सदरमुकामसहित कोशी पहाडका भोजपुर, सङ्खुवासभा र तेह्रथुममा विद्युत आपूर्ति अवरुद्ध बनेको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको साँगुरीगढी गाउँपालिकाको लाओरबोटेनजिकै पहिरो खसेर ३३ केभी लाइन प्रशारणको ३ ओटा विद्युत पोल भत्किएपछि शुक्रबार बिहान ५ बजेदेखि विद्युत आपूर्ति अवरुद्ध बनेको नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख पवनकुमार यादवले बताए ।

उनका अनुसार पहिरोले पोलसँगै विद्युत लाइनको तार समेत चुँडाइदिएको छ । ‘धनकुटाबाट प्राविधिक टोली मर्मतसम्भार भइरहेको छ’, उनले भने, ‘पहिरो खसेको स्थान भिरालो भएको कारण काम गर्न केही असहज बनेको छ ।’