विराटनगरः विराटनगरको सिंघिया खोलामा पौडी खेल्ने क्रममा एक किशोर खोलाले बगाएर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर उनलाई खोलाले बगाएको हो । रामेछाप घर विराटनगर–७ मा ईश्वरी श्रेष्ठको घरमा बस्दै आएका कुमार गुरुङका १५ वर्षीय छोरा रमेश गुरुङलाई खोलाले बगाएको हो ।
साथीहरूसँग खोलामा पौडी खेल्न गएका उनी बगेपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।