इनरुवाः सुनसरीको हरिनगर गाउँपालिकाको वडा नं २ को कार्यालय तथा स्वास्थ्य चौकी कार्यालय भवन शिलान्यास भएको छ ।
हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहामा निर्माण हुने वडा तथा स्वास्थ्य कार्यालय भवनको सुनसरी क्षेत्र नम्बर ४ का प्रदेश सांसद हाजि ताहिर अन्सारी, नेकपा केन्द्रीय सदस्य महफुज आलम अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिमकुमारी भगत, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले संयुक्त रूपमा शिलन्यास गरेका हुन् ।
वडा तथा स्वास्थ्य चौकी भवन निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा कार्यालय भवनको लागि २९ लाख ६० हजार रुपैयाँ र स्वास्थ्य भवनको लागि रु ४४ लाख ४० हजार बजेट विनियोजन गरेको योजना प्रमुख वरिष्ठ इञ्जिनियर दिकेशकुमार मेहताले बताए ।