इनरुवाः सुनसरीको इनरुवा–९ बबियामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सत्य संसार साप्ताहिक पत्रिकाको आयोजना र नेपाल नेत्रज्योति सङ्घ इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ७० जनाले आँखा जाँच गराएका थिए ।
आँखा जाँच गरिएकामध्ये १५ प्रतिशतमा मोतिबिन्दु फेला परेको छ । इनरुवा क्षेत्रमा मोतिबिन्दुका विरामी बढ्दै गएको आँखाका चिकित्सकले बताएका छन् । शिविरमा मोतिबिन्दु फेला परेकालाई आँखा अस्पतालमै निशुल्क शल्यक्रिया गरिने भएको छ ।
शिविरमा चार जना डाक्टरले आँखा जाँच गर्नुका साथै निशुल्क औषधीसमेत वितरण गरेको सत्य संसार साप्ताहिककी प्रकाशक ममताकुमारी यादवले बताइन् ।