इटहरीः इटहरीमा डेंगु फैलन नदिन लार्भा खोजी तथा नष्ट र सचेतना अभियानलाई तीव्र बनाइने भएको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले इटहरी अस्पतालमा डेंगुको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ । उपमहानगरका २० ओटै वडामा परिचालित स्वास्थ्यकर्मीले वडा अध्यक्षसँग समन्वय गरी डेंगु नियन्त्रणका गतिविधि सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
वडावडामा डेंगु फैलन नदिन खोजी र नष्ट अभियानलाई तीव्र बनाउने निर्णय भएको छ । निजी स्वास्थ्य संस्थालाई पनि डेंगु परीक्षण उपचारको विवरण उपमहानगरपालिकाको स्वास्थ्य शाखामा बुझाउन भनिएको छ ।