इटहरीः आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई ७७ ला १० हजार रुपैयाँको सामग्री प्रदान गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले ७७ लाख ९ हजार ९ सय ९० रुपैयाँ मूल्य बराबरको सामग्री प्रदान गरेका हुन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ४८ लाख १७ हजार १ सय ९० रुपैयाँबराबरको ७ थान राडर गन मेसिन प्रदान गरिएको छ । त्यस्तै, २४ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको २० थान ब्रेथलाइजर मेसिन र ४ लाख २९ हजार ४ सय रुपैयाँ मूल्य बराबरको १ सय थान ह्वील लक प्रदान गरिएको हो ।

traffic samagri pradan  (9)