बेलबारीः मोरङको कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ वर्षीय तेजेन्द्र अधिकारीको पैनीमा डुबेर मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी सोमबार बिहान पौने ११ बजे घर नजिकै रहेको फलैँचाबाट उनी लडेका थिए । फलैँचाबाट लडेर पैनीमा पर्दा डुबेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
उनको शव पोष्मार्टमका लागि मङ्गलबारे अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।