पाँचथरः पाँचथर र ताप्लेजुङका औषधी व्यवसायी मिलेर एक संयुक्त शाखा गठन गरिएको छ ।

फिदिममा सम्पन्न संयुक्त अधिवेशनले सुन्दरमोहन शाक्य (ताप्लेजुङ) को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्ययक्षमा वसन्तराज पाण्डे (पाँचथर), महासचिवमा सन्देश पराजुली (पाँचथर) सचिवमा कृष्ण पाण्डे (पाँचथर), कोषाध्यक्षमा नारायण ओझा (ताप्लेजुङ) सह कोषाध्यक्षमा पेमादोर्जे तामाङ (पाँचथर) चयन भएका छन् ।

त्यस्तै सदस्यमा केपी मैनाली (पाँचथर) शृङ्खला भट्टराई (पाँचथर) र बालकृष्ण भण्डारी (पाँचथर) रहेका छन् ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख सापकोटाले औषधी व्यवसायीका समस्या समाधान गर्न आफूले भूमिका खेल्ने बताए । फिदिम नगरपालिकाका प्रमुख ओनहाङ नेम्बाङले औषधी व्यवसाय पनि सेवा व्यापार भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले औषधी व्यवसायीका मुद्दा एकत्रित गर्नका लागि पनि सङ्गठित हुन जरुरी रहेको बताएका थिए ।