भोजपुरः भोजपुरमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । जिल्लाको दक्षिण रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेमा पोखरीमा डुबेर ४ वर्षीय प्रमिश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार गाईवस्तुलाई पानी खुवाउने पोखरीमा खेल्ने क्रममा ती बालकको डुबेर ज्यान गएको हो । बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ ।