इटहरीः इटहरी– २० पानीपियास्थित कोशी राजमार्ग जङ्गलमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

धरानबाट इटहरी आउँदै गरेको को. २९ प ४१९५ नम्बरको मोटरसाइकलले इटहरी आउँदै गरेको ना.२ च ६६८९ नम्बरको बोलेरोलाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान– ८ का २३ वर्षीय सञ्जु अग्रवाल लडेका थिए ।

सडकमा लडेका उनलाई धरानतर्फ जाँदै गरेको मे.१ ख २०४५ नम्बरको बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार बोलेरोका चालक उदयपुरको बेलटार–३ का ४२ वर्षीय सन्तमान याक्खा र बसचालक झापाको मेचीनगर– १ का ४३ वर्षीय रमेश खतिवडा प्रहरीको नियन्त्रणमा रहेका छन् ।