बेलबारीः बेलबारी नगरपालिकाले एक आर्थिक बर्षमा १० हजार बेलका बिरुवा रोप्ने घोषणा गरेसँगै सामुदायिक तथा संस्थागत विद्यालयका गेटमा बेलका बिरुवा देखिन थालेका छन् ।
४६ औँ विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक जग्गामा बेलका बिरुवा रोप्ने घोषणा गरेको थियो । नगरपालिकाको पहिचान जोडिएको बेलबाट आर्थिक आय आर्जन समेत गर्ने नगरपालिकाले लक्ष्य लिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । एक विद्यार्थी २ बिरुवा रोप्ने अवधारणासँगै विद्यालयको गेटमै बिरुवा रोप्न थालिएका हुन् ।
एक आर्थिक वर्षमै १० हजार बिरुवा रोपेर फल तथा पातबाट अम्दानी लिने मेयर सुवेदीले बताए । पातबाट औषधी र फलबाट जुस बनाएर बेच्न सकिने तथा रुखबाट दाउरा बेच्न सकिने उनले बताए ।
पहिले बेलको घारी भएकै कारण बेलबारी नाम रहेको किंवदन्ती पाइन्छ । नगरपालिकाले आफैँ बेलको जुस बनाउन उद्योगको स्थापना गर्ने उनले बताए । ‘बेल लाउँदा बेलको इज्जत मात्रै होइन बजेटको नि इज्जत हुने रहेछ,’ मेयर सुवेदीले भने, ‘नगरमै रोजगारी दिनका लागि बेलले सहयोग पु¥याउँछ ।’