विराटनगरः इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विराटनगरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको १० औँ वार्षिकोत्सवको अवसरमा शनिवार विराटनगरको तीनपैनी– पुष्पलाल चोक सडकखण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, वडा नं १ का अध्यक्ष उद्धव अर्याल र क्लासिकटेक क्षेत्रीय प्रबन्धक भुपाल कार्कीले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै मेयर भीम पराजुलीले विराटनगरका सबै खाले सङ्घ, संस्था र नगरवासीको समन्वयमा विराटनगरलाई सुन्दर शहर बनाउन सकिने बताए । महानगरका हरेक सकारात्मक कदममा नगरवासी सबैको साथ सहयोग भए सुन्दर शहरको सपना पूरा हुने उनको भनाइ थियो ।

नेपालका सबै जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेकले २१ भन्दा बढी शाखा स्थापना गरी ग्राहकलाई सेवा प्रदान गरिरहेको क्षेत्रीय प्रबन्धक कार्कीले बताए ।

briksha ropan  (2)