बेलबारीः बेलबारी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय सञ्चालकहरूलाई नगरपालिकाले बनाएको शिक्षा ऐनका बारेमा जानकारी गराउन अन्तरक्रिया गरेको छ ।
ऐनमा भएका नीतिगत व्यवस्थालाई कार्यान्वन गर्नका लागि अन्तरक्रिया गरिएको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए । नगरपालिकामा ३१ ओटा सामुदायिक र ३५ ओटा संस्थागत विद्यालय छन् । नगरसभाबाट पास गराएर शिक्षा ऐन बनाइएको थियो ।
सामुदायिक विद्यालयको पठनपाठन सुधारका लागि नगरपालिकाले गतिविधि बढाइरहेको कोइरालाको भनाइ छ ।