काँकरभिट्टाः रोटरी क्लब अफ बिर्तामोड मिड टाउनको छैटौं तथा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको पाँचौँ पद हस्तान्तरण कार्यक्रम शनिबार संयुक्त रूपमा सम्पन्न भएको छ ।
बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पास्ट डिस्ट्रिक गभर्नर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका सन् २०१९÷२०२० का अध्यक्ष शिवकुमार अग्रवाललाई रोटरीको कलर पहि¥याएर पद हस्तान्तरण गराएलगत्तै नवनियुक्त अध्यक्ष अग्रवाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
आफूले शपथ लिएपछि उनले अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथिसहित अन्य रोटरियनले रोटरीको पिन प्रदान गरेका थिए ।
रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०१९÷२०२० अध्यक्ष विवेक कोइरालालाई रोट्रयाकका असिष्टेण्ट डिष्ट्रिक सेक्रेटरी सन्नी गोयलले रोटरीको कलर पहि¥याएर पद हस्तान्तरण गराएका थिए ।
कार्यक्रममा बिर्तामोड, भद्रपुर, दमक, सुरुङ्गा, विराटनगर तथा भारत सिलीगुडीका रोटरी तथा रोट्रयाक, विभिन्न राजनीतिक दल, सङ्घ सङ्गठका पदाधिकारी उपस्थित थिए ।
कार्यक्रममा विभिन्न कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।
झापामा रोटरी क्लब अफ काँकरभिट्टा, बिर्तामोड, बिर्तामोड मिडटाउन, भद्रपुर, सुरुङ्गा तथा दमकको पद हस्तान्तरण भइसकेको छ ।