सङ्खुवासभाः पौडी खेल्ने क्रममा सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ का ४५ वर्षीय ऋषिकेश निरौलाको खोलमा डुबेर मृत्यु भएको छ ।
उपसचिव निरौला सोमबार दिउँसो साढे १ बजेको समयमा खाँदवारी नगरपालिका ९ मा रहेको सभा खोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए । उनलाई पौडी खेलिरहेका साथीले उद्दार गरी उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।