फाइल तस्बिर
विराटनगरः वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको सर्पट कटानको विरोध गर्दै त्यस्तो कार्य रोक्न माग गरेका छन् ।

क्षेत्र तोकेर सबै रुख काट्नुभन्दा पनि बुढा र ढाल्नुपर्ने रुख छनोट गरेर कटान गर्नुपर्ने माग उपभोक्ताको छ । सामुदायिक वनमा तीन ओटै सरकारको नाममा लगाइएको करसमेत अव्यवहारिक भएको सामुदायिक वन उपभोक्ता महासङ्घका मोरङ अध्यक्ष रामकृष्ण राईले बताए ।

महासङ्घका प्रदेश १ सचिव अग्नि पौडेलले वन जोगाउन उपभोक्ताले निकै ठूलो योगदान दिएको बताउँदै वन संरक्षणमा विश्वमै उदाहरण बनेका नेपाली उपभोक्ताको हित हुने गरी सरकारले कानुन ल्याउनुपर्ने बताए । महासङ्घले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् सङ्घीय अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाई कर नबढाउन माग गरेको छ ।