बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका र अमेरिकास्थित क्यालिफोर्निया राज्यको इर्भान सिटीबीच भगिनी सम्बन्ध स्थापना भएको छ । बुधबार बिर्तामोड नगरपालिका र इर्भान सिटीबीच मित्रता सम्झौता भएको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले अमेरिका भ्रमणका क्रममा इर्भान सिटीकी मेयर क्रिस्टिना एल सिआसँग भेटवार्ता गरेर भगिनी सम्बन्धको लागि पहल शुरु गरेकोे जानकारी दिए । उक्त कदमले दुवै पक्षलाई फाइदा पु¥याउने शिवाकोटीले बताए ।

मेयर शिवाकोटीलाई इर्भान सिटीकी मेयर क्रिस्टिना एल सिआले बिर्तामोडको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । उक्त सम्झौताले दुवै देशबीच व्यापारिक, प्राविधिक र पर्यटनका क्षेत्रमा सम्बन्ध बिस्तार हुने बताइएको छ ।