फाइल तस्बिर

विराटनगरः प्रहरीले मोरङको केराबारी गाउँपालिका ७ स्थित खदम खोलाबाट को १ त ५९०९ नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारी सवारी साधन नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी गस्ती टोलीले ढुङ्गा लोड गरेको ट्याक्टर फेला पारी मङ्गलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी राजकुमार खिउजूले जानकारी दिए ।

यसैगरी, प्रहरी टोलीले मङ्गलबार साँझ मोरङको सुन्दरहरंैचा नगरपालिका वडा नम्बर ७ गछिया खोलामा को १ त ५२९० नं.को ट्याक्टरमा बालुवा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ट्याक्टर छाडी चालक फरार भएका थिए । ट्याक्टरलाई आवश्यक करवाहीको लागि बुधबार जिल्ला समन्वय समितिको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।