बेलबारीः सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विश्वासको आधारमा नेपाल र भारत दुवै देशको तरकारीको विषादी परीक्षण नभएको बताएका छन् ।
नेकपा सुन्दरहरैंचा नगर कमिटीको शपथ ग्रहण कार्यक्रममा उनले भारत निकासी हुने तरकारीमा धेरै विषादी पाइएपछि भारतले परीक्षण गर्न थालेकाले नेपालले पनि परीक्षण गरेको बताए । उनले नेपाली किसानलाई पनि विषादी कम प्रयोग गर्न सल्लाह दिए ।
‘आफ्नै तरकारीमा विषादी धेरै भएपछि बोल्ने ठाउँ नहुँदो रहेछ’, उनले भने, ‘कतारमा समेत नेपालको तरकारी बिक्री हुन्छ ।’