विराटनगरः प्रदेशको नाम राख्न ढिला गर्दा समग्र विकास पछि पर्ने विज्ञहरूले सुझाव दिएका छन् । डाक्टर अर्जुन बरालले प्रदेशको नाम थाती राख्दा सोही कारण अन्य विकास निर्माणको कार्य पछि परेको भन्दै यसमा धेरै समय नअल्झिन प्रदेशका शीर्ष तहका नेतालाई सुझाव दिएका हुन् ।
प्रदेशपोर्टलसँग कुरा गर्दै बरालले नामले मात्र सामान्य नागरिकको जीवनमा खासै ठुलो अन्तर नल्याउने विचार व्यक्त गरे । भने– ‘नाम यो वा त्यो हुनुले हाम्रो जीवनमा खासै ठुलो परिवर्तन ल्याउँछ जस्तो लाग्दैन ।’
उनले नामका लागि विवाद गर्नु व्यर्थ रहेको टिप्पणी गरे । राजनीति गर्ने व्यक्तिले यति लामोसँग नामको विवाद तन्काउनु अनावश्यक रहेको उनको तर्क छ । ‘प्रदेश एक नै भए पनि के फरक पर्छ र ? उनले भने– ‘कुनै एउटा नाम राखे पनि त्यसमा ठुलो विवाद गर्नुपर्ने जस्तो मलाइ लाग्दैन ।’ बरालले नामकाे बहानामा प्रदेशकाे विकास पछि पर्ने संकेत गर्दै यसलाइ तन्काउनु अनावश्यक भएकाे टिप्पणी गरेका हुन् ।
सम्बन्धित समाचारहरूः ‘छलफल भएरै प्रदेशको नाम होल्ड गरिएको हो’ (भिडियाेसहित)
‘प्रदेशमा सबैलाई सर्वस्वीकार्य हुने नाम आउनुपर्छ’ (भिडियाेसहित)
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved