बेलबारीः घरमा विद्युत जडान गर्दा करेन्ट लागेर मोरङको ग्रामथान गाउँपालिकामा १ युवाको मृत्यु भएको छ । ७ नम्बर वडाको नेता चोकका ३५ वर्षीय उमालाल पाँचकोटीको मृत्यु भएको हो ।

आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा आइतबार राति ९ बजे अचानक करेन्ट लागेर उनी घाइते भएका थिए । गम्भीर घाइते पाँचकोटीको उपचारका क्रममा राति १० बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजूले बताए । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको उनले बताए ।