पथरीः पथरीशनिश्चरे नगरपालिकाले बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगर क्षेत्रका विद्यालयमा २ दिन गर्मी बिदा दिएको छ ।

सबै सामुदायिक र संस्थागत विद्यालयलाई साउन ३० गते सम्मका लागि बिदा गर्न अनुरोध गर्दै नगरपालिकाले सूचना प्रकाशन गरेको हो ।

नगरका केही विद्यायलयबाट गर्मीका कारण पठनपाठन गराउन समस्या भएको जानकारी आएपछि बिदा दिन निर्णय गरिएको उप–सचिव तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।