बेलबारी ÷मोरङको बेलबारी नगरपालिका –७ का बद्री चौधरी सोमवार वडा कार्यालयमा आएर बसिरहेका थिए । उनको अनुहार दिनभरिको घामले निन्याउरो देखिन्थ्यो । वडा कार्यालयको छेउमा बसेर दिन काटेका चौधरीले आउने जाने सबैलाई हेरिरहेका थिए ।
नगरपालिकाको गाडिबाट उपमेयर ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकयि अधिकृत प्रदीप शाह लगायतको टोली उत्रियो र चौधरीलाई नै नमस्ते गर्दै भन्यो– ‘सन्चै हुनुहुन्छ ।’ उनको अनुहारको भावले भन्यो ‘ठिकै छु ।’
हुईलचियरमा बसेका चौधरीलाई उपमेयर पराजुलीले गाडिबाट २ बोरा चामल, दाल, चिउरा, चिनि, नुन तेल त्रिपाल, ब्लाङकेट झुल लगायतका सामाग्री दिँदै भनिन् ‘यो लगेर खाँदै गर्नुहोस् तपाईँको घर हामी आँफै आएर बनाई दिन्छौँ ’। चौधरीले आँखा बाट आँसु निकाल्दै भने ‘मैले यति धेरै सामाग्री पाउँछु भन्ने सोचेकै थिइन ।’ उनी दुई सामान्य जस्ताले छाएको घरमा बस्छन् । बैशाकीको भरमा हिँड्ने चौधरीका दुई छोरा र एक छोरी छन् ।
दुई भाइ छोरा नै भारतमा बस्छन् भने छोरीको विवाह भई सकेको छ । ७ नम्बरको खड्का टोलमा बस्दै आएका चौधरी भारतको बम्बईमा पोल्ट्रिफर्ममा काम गर्दा लडेर खुटा भाँचिएको थियो । उलाई गत बर्षनै नगरपालिकाले हुईचियर दिएको थियो ।
‘घरमै पुगेर सामाग्री दिउन् भनेर हिँडेका वहाँ वडा कार्यालयमा हुनु हुँदो रहेछ हाीिले यही आएर दिएका हौँ’ उपमेयर पराजुलीले भनिन् ‘उहाँको घर बनाउन पनि सहयोग गर्छौँ ।’
उनले वेशाहारालाई सरकार भएको अनुभूति दिलाउने बताइन् ।