ताप्लेजुङः ताप्लेजुङका लोक गायक सन्तोष तोलाङको ‘सुकेटार मुनी फुङलिङ बजार’ बोलको गीत सार्वजानिक भएको छ । लोक भाकामा रहेको उक्त गीत युमा आट्र्स कल्चर सेन्टरको अफिसियल यु–ट्युब च्यान मार्फत हालै सार्वजानिक गरिएको हो ।

गायक तोलाङ कै शब्द तथा संगीतमा रहेको उक्त गीतमा गायिका श्रेयासी चेम्जोङ (लिम्बू) को समेत स्वर रहेको छ । गायन क्षेत्रमा सानै उमेरदेखि विशेष चासो राख्दै आउनु भएका तोलाङले यस अघि मेची भन्सार, ताप्लेजुङ फुङलिङ बजार र बलेको मन भयो लगायतका चर्चित गीतहरु बजारमा ल्याईसकेका छन्। उक्त गीतहरु श्रोताले निकै रुचाएका थिए । ति गीतहरु बजारमा आएको लामो समय पछि पुन नयाँ गीत रेकर्डिङ गराएका हुन् । 

पछिल्लो समयमा पुर्वका मेला महोत्सवमा समेत गायक तोलाङको माग बढ्दो छ । श्रोताले आफ्ना गीतहरु रुचाएको र आफुलाई साथ दिएको भन्दै तोलाङले अब चाँडै अर्को नयाँ गीत बजारमा ल्याउने तयारी भईरहेको बताए । हाल सार्वजानिक भएको ‘सुकेटार मुनी फुङलिङ बजार’ को उक्त गीतको चाँडै पुर्वका विभिन्न ठाउँमा छायाङ्कन गर्ने तयारी समेत भएको तोलाङको भनाई छ ।