इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीले मंगरबार आयोजना गरेको निःशुल्क स्वाथ्य शिविरमा तीन सय जना सहभागी भएका छन् । बिहान साढे ८ बजेबाट सुरु भएको शिविर साँझ सम्म सञ्चालन भएको संघकि सचिव शोभा कोइराला (सविना)ले बताइन ।

तीजको अवसरमा आयोजना गरिएको स्वाथ्य शिविरमा महिलाको पाठेघर जाँच, युएसजि, इसिजी, ल्याब टेस्ट र स्तन क्यान्सर बारेमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

कोइरालाका अनुसार शिविरमा सङ्खुवासभाकी तार खड्का देखी सुन्दरहरैचा ४ मोरङकी कुमारी रिजाल सम्म सहभागी भएका थिए ।
विराटनगरको नोबेल मेडिकल कलेजसँगको सहकार्यमा भएको स्वाथ्य शिविर बिहान साढे ९ बजेबाट सुरु भएर साँझ सम्म सञ्चालन भएको उवासंघले बताएको छ ।

संघकि सचिव शोभा कोइराला (सविना)का अनुसार १ सय जना बढिले अल्ट्रासाउन्ड साउन्ड गरेका थिए । तीन सय जना सहभागी भएको स्वाथ्य शिविरमा महिलाको  धेरै उत्साहप्रद सहभागिता भएको संघकि कोषाध्यक्ष गायत्री कटवाल भन्डारीले बताइन ।

नोबेल मेडिकल अस्पतालका प्रबन्धक नारायण दाहालले इटहरीको स्वाथ्य शिविरमा उत्साहप्रद सहभागिता भएको बताए । सावन महिनमा इटहरीको शिविर एघारौँ भएको र महिलाको स्वाथ्यको मात्रै शिविरमा ३ सय सहभागी राम्रो भएको दाहालले बताए । उनले भने, ‘मेगा शिविरमा पनि १५ सय हाराहारी मात्रै आउनु हुन्छ । यो महिलाको शिविरमा पनि ३ सय आउनु भयो ।’

उवासंघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले उवासंघको पहिलो स्वाथ्य शिविरमै उत्साहप्रद सहभागिता भएकोले आगामी दिनहरूमा थप उत्साह आएको बताए । उनले भने, ‘आगामी दिनमा अध्यक्ष भीम पौडेल र हामी सबैको पहलमा आँखा र अन्य शिविरहरू पनि सञ्चालन गर्ने कुरा भएको छ ।’