विराटनगरः विराटनगरको मेरिल्याण्ड कलेजमा बीबीएम कोर्ष गरेका विद्यार्थीले वैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउँदै आएका छन् ।

कलेजले विगत ५ वर्षदेखि हरेक वर्ष कलेजका विद्यार्थीहरूलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वेल्भरह्यामटन र थाइल्याण्डको छात्रवृत्ति दिने गरेको छ । कलेजका २ जना विद्यार्थी बेलायतको समर क्याम्प सकेर भर्खरै फर्किएका छन् ।

यस वर्ष पनि कलेजका ६ जना विद्यार्थी थाइल्याण्ड जाने भएका छन् । युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका ६ जना विद्यार्थी थाइल्याण्ड जाने कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए । १ हप्ताको थाइल्याण्ड बसाइका क्रममा विद्यार्थीले युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा विभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुनेछन् ।

अक्टोबर १५ देखि २१ सम्म उक्त शैक्षिक भ्रमण हुने कलेजले जनाएको छ ।