इटहरीः इटहरी जेसीजको आयोजनामा इटहरीमा साताव्यापी कार्यक्रम हुने भएको छ ।
आज २ बजे इटहरी चोकमा गाईजात्रा विशेष कार्यक्रमका साथ सप्ताहको उद्घाटन हुने कार्यक्रमका संयोजक माधव पौडेलले बताए ।
आज र भोलि भने प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । फुटसल प्रतियोगिताका संयोजक अनोज पोखरेलका अनुसार प्रतियोगितामा इटहरीका १९ ओटा वाणिज्य बैंक तथा गरिमा विकास बैंक र कामना सेवा बैंक २ ओटा विकास बैंक गरी २१ ओटा बैंक सहभागी हुने भएका छन् ।
आज दिउँसो ४ बजे शुरु हुने प्रतियोगिताको फाइनल खेल भोलि दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ । इटहरी–१० विराटनगर लाइनमा रहेको एसडी फुटसलमा प्रतियोगिता हुने भएको हो ।
भदौ १ गते बिहान ९ बजे कोशी कलेजमा साइबार क्राइम तथा दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रम हुने संयोजक नवीन कटुवालले बताए ।
भदौ २ गते इटहरीको वडा नम्बर १५ र १६ मा बिहान १० बजे स्वास्थ्य शिविर हुने भएको छ । सो कार्यक्रमको संयोजक मुक्तिनाथ दाहाल रहेका छन् ।
त्यस्तै, जेसीज बन उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको आयोजकले जनाएको छ । इटहरीको वडा नम्बर ३ तालतलैया क्षेत्रमा बिहान ९ बजे सो कार्यक्रम हुने संयोजक बाबुराम नेपालले बताए ।
भदौ ४ गते विश्व आदर्श कलेज इटहरीमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । स्वर्गीय टंकप्रसाद निरौलाको स्मृतिमा प्रतियोगिता हुने कार्यक्रम संयोजक मिसन पराजुलीले बताए ।
त्यस्तै, भदौ ५ गते मोटिभेसन कार्यक्रम, भदौ ७ गते राधाकृष्ण मन्दिरमा जल वितरण तथा भदौ ८ गते समापन हुने इटहरी जेसीजका अध्यक्ष विनोद पौडेलले बताए ।