इटहरीः समाजवादी पाटी इटहरीले नयाँ नेतृत्व चयन गरेकाे छ । तत्कालिन पाटी नयाँ शक्ति र संघीय समाजवादी फाेरम नेपाल एकिकृत भएपनि देशै भरी नयाँ कमिटि चयन हुने क्रम जारी छ । साेहि अनुसार इटहरीमा ९९ सदस्य नयाँ कार्य समिति बनेकाे हाे । समितिकाे नेतृत्वमा डिल्लि सुब्बा रहेका छन् ।

त्यसै उपाध्यक्षमा क्रमशः उपेन्द्र श्रेष्ठ, पन्नालाल चौधरी, गायत्री आले, जयमणि राइ र रमेश कटुवाल रहेका छन् । सचिवमा योषा गुरागाईं रहेकी छिन् । 

त्यस्तै सह सचिवमा गणेश लुइँटेल, प्रकाश जंग कार्की र  मुस्लिम समुदायमार्फत एक जना पछि राख्ने गरि सहमती बनाइएकाे नवनिर्वाचित सचिव गुरागाइले बताइन् । समितिकाे काेषाध्यक्षमा भने तिर्थ नारायण कर्ण रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम पाटीका केन्द्रीय सचिव पर्शुराम बस्नेतले दुइ पाटी एकताकाे प्रकृयालाइ सबै तहमा समायाेजन  गर्दै बलियाे पाटी बनाउने बताए । 

अागामी चुनावमा पहिलाे शक्ति बन्ने याेजनाका साथ पाटीले तयारी गरेकाे बस्नेतले बताए ।

68636312_376069416657827_432079473823711232_n