उर्लाबारीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगरसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार उर्लाबारीस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् मोरङ इन्चार्ज घनेन्द्र बस्नेतलगायतले शपथ ग्रहण गराएका हुन् । उर्लाबारी नगर अध्यक्षमा उमाकान्त गौतम, सचिवमा तोर्ण श्रेष्ठलगायत ८१ सदस्यीय समिति बनाइएको छ । पार्टीलाई गतिशील र चलयमान बनाउन निर्देशनसमेत दिइएको छ ।