इटहरीः जेसीज सप्ताहअन्तर्गत आज इटहरीमा साइबर क्राइम तथा दुव्र्यसनसम्बन्धी कार्यक्रम हुने भएको छ ।

इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा के के कुरामा कसरी ध्यान पु¥याउनुपर्छ र सजगता अपनाउनु पर्छ भन्ने जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नवीन कटुवालले बताए ।

‘साथीभाइको लहैलहैमा होस् या तनाव र नैरश्यताका कारण होस् समाजमा अपराध हुने गरेको छ,’ उनले भने, लागूऔषध सेवनका कारण हुने समस्याबारे सचेतना जगाउन कार्यक्रम गर्न लागिएको हो ।’

आज बिहान ९ बजे कोशी कलेज इटहरीको सभाहलमा कार्यक्रम हुने कार्यक्रम संयोजक नवीन कटुवालले बताए ।