विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन सुन्दरहरैंचा नगरकमिटीको आयोजनामा नगरस्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

विराटचोकस्थित सामुदायिक भवनमा आयोजित प्रतियोगितामा सुन्दरहरैचाका २० ओटा संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए । चित्रकलातर्फ सिनियर तहका विद्यार्थीले वर्षा ऋतु शीर्षकमा र जुनियरतर्फका विद्यार्थीले प्राकृतिक सौन्दर्यमा चित्र सिर्जना गरेका थिए ।

प्रतियोगितामा जुनियरतर्फ शिशिर एकेडेमीकी छात्रा अनिता तामाङ पहिलो भइन् । त्यसैगरी, लभ्ली एञ्जलका प्रजिल अधिकारी दोस्रो, जुपिटर इङ्लिस स्कुलका अङ्कित उराव तेस्रो र पूर्वाञ्तल एकेडेमीका प्रेया चौधरीले सान्त्वना स्थान हासिल गरे ।

सिनियरतर्फ सुबीजीमुरका प्रज्ज्वल शर्मा पहिलो, सिद्धार्थ सेकेण्डरीका अन्जना राई दोस्रो, इन्द्रपुर सेकेण्डरीकी स्नेहा खड्का तेस्रो र जुपिटर इङ्लिस स्कुलका सनम राईले सान्त्वना स्थान हात पारे ।

१६ जना सहभागीलाई पछाडि पार्दै वक्तृत्वकलातर्फ राइजिङ स्कुलकी सीतास्मा पराजुलीले पहिलो स्थान ल्याउँदा सुबीजीमुरका ओल्सन कार्कीले दोस्रो, सिद्धार्थ इङ्लिस स्कुलका अभिनव बस्नेत र माउण्ट मकालु माध्यमिक विद्यालयका जेम्स बिष्टले तेस्रो स्थान हासिल गरे । टेण्डरफिट विद्यालयकी अनिसा पाठकले सान्त्वना स्थान हात पारिन् ।

सुन्दरहरंैचा नगरपालिकाकी उपमेयर धना तामाङले विद्यार्थीलाई किताबी कोरा ज्ञानमात्र दिन नहुने बताउँदै अतिरिक्त क्रियाकलापले नानीहरुलाई किताबी संसारबाट बाहिर निस्कन मद्दत गर्ने बताइन् ।

कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत पनि उपस्थित थिए । निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्याब्सन सुन्दरहरैचाका अध्यक्ष हरिश्चन्द्र ढकालले बताए ।