इटहरीः कुनै एक जमाना थियो गाउँ होस् या सहर जुृन सुकै ठाउँका शब्द टिपेर गीत बनाईन्थ । तिनै गीतहरू विभिन्न कार्यक्रम सभा समारोहमा गाउँ टोल नै थर्काउने गरी बजाइन्थ्यो । तर अहिल्यै समय फेरिया,े मान्छे फेरिए । सँगै गीत सङ्गीतका भाका  फेरिए ।

त्यसमाथि सुन्ने मात्र फेरिएनन् गाउने पनि फेरिए । तर आजको समयमा आधुनिक, पप, रिमिक्स विभिन्न चलचित्रका गीत सङ्गीत गाउने जमात ठुलो छ ।  सुन्नेको जमात झन् धेरै छ । आधुनिक भनिएको समयमा आएर लोक गीत सङ्गीत गाउँछु भन्ने कलाकार अहिले पाउन गाह्रो छ ।

तर यो भिड भन्दा अलग  रहेका एक त्यस्ता गायक जो लोकदोहोरी भन्दा बाहिर बसेर गीत गाउन चाहँदैनन् । उनी हुन वीरेन्द्र खड्का । जनयुद्धको भूमि भनेर चिनिने रोल्पा जिल्लाको एक गाउँमा जन्मेका लोक गायक वीरेन्द्र खड्का यति बेला लोकदोहोरी लेखन् तथा गायनमा उत्तिकै ब्यस्त्त रहन्छन् ।

सानै उमेर देखि लोक दोहोरी गीतमा रमाउने खड्का बाह्र वर्षको उमेर देखि विभिन्न कार्यक्रम सहभागी भई गीत गाउने गर्थे । मेलापात, घाँस दाउरा गर्दा होस् उनका मनमा लोक दोहोरी नै गुन्जिने गर्दथ्यो । सानै उमेरदेखि साहित्यमा कलम चलाएका खड्का गीत, गजल, मुक्तक,कविता लेख्ने गर्थे समय बित्तै गएसँगै उनले गाउँबाट एसएलसी पास गरे । त्यसपछि उनले प्राविधिक लाइन पढ्न उनी रोल्पाबाट भोजपुर जिल्लामा आए । अध्ययन गर्ने क्रममा उनले एक स्थानीय एफएममा कार्यक्रम सञ्चालनको जिम्मा पाए ।

प्रस्तोता मात्रै भएर हुँदैन आफै पनि सर्जक हो भन्ने भएर उनले एउटा गीत आफ्नै शब्दमा ‘कहाँ छौ र तिमी’ बोलको लोक दोहोरी गायिका देवी घर्ती मगर सँग गाए । उनी त्यो गीतले बजारमा चिनिन थाले । बि.स. २०७१ साल देखि औपचारिक रूपमा सङ्गीतमा लागेका खड्काले आफ्नो परिवारको साथ पाएसँगै अहिले उनका गीत ‘हामी अङ्गालो मारेर सेल्फि हानौँला’, ‘पुतली’, ‘नाकैमा फुली’, ‘खाउली घिउ’ गीतमा स्वर र सङ्गीत दिइसकेका छन् ।

गायक खड्काले अहिले सम्म दुई दर्जन गीतमा स्वर तथा तिन दर्जन भन्दा माथि गीतमा शब्द दिसकेका छन् । आफ्नो गीति गन्तव्यको बारेमा प्रदेश पोर्टलसँग कुरा गर्दे खड्काले भने, ‘विशेष गरी गीत लेखन गर्दा वास्तविकता भित्र डुबेर लेख्छु । पछिल्लो समय र्याप तिर पनि पाइला चालेको छु । आफ्नो जीवन नै सङ्गीतमा समर्पण गरेको छु ।

गायक खड्काले आफू कृषि प्रधान देशको किसानको छोरो भएकोले आफ्नो पढाई पनि कुषिमै गरेको बताउँछन् । उनी भन्छन्, ‘कुषिमा नि केही गर्नू पर्छ भनेर फार्म चलाउँदै छु ।’