इटहरीः इटहरीको वडा नम्बर १८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहका बीच बालमैत्री वडा घोषणा गरेकी हुन् । वडा नम्बर १८ बालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बालबालिकालाई अघि बढाउन नसके समाज अघि बढ्न नसक्ने बताइन् । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले वडा नम्बर १८ बाट शुरु भएको बालमैत्री घोषणा अभियानलाई सबै वडामा पु¥याएर बालमैत्री उपमहानगर घोषणा गरिने उनले बताए ।
सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले बालबालिकाका लागि गरिएको लगानीले सुनौलो बिहानी ल्याउने बताइन् । वडा नम्बर १८ का अध्यक्ष रामकुमार चौधरीले ३९ ओटा सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको जानकारी दिए । बालमैत्री वडा कार्यान्वयनका लागि लागिपर्ने उनले बताए ।