इटहरीः जेसीज सप्ताहअन्तर्गत इटहरी जेसीजले मङ्गलबार इटहरीको तालतलैया क्षेत्रमा वृक्षरोपण गरेको छ ।

कार्यक्रममा २ हजार बिरुवा रोपिएको जेसीजले जनाएको छ । कार्यक्रम सशस्त्र प्रहरी बल वराह वाहिनीका प्रमुख नगेन्द्र थापाको प्रमुख आतिथ्यमा भएको थियो । इटहरीको वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बिष्ट र उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल, वन कार्यालयका फरेस्टर कार्यक्रमको विशेष अतिथिको रूपमा रहेका थिए ।

टिक, मसला, सिसौ आदि जातका बिरुवा रोपिएको वडा सदस्य तथा कार्यक्रम संयोजक बाबुराम नेपालले बताए ।

सरस्वती सामुदायिक वनको सखुवाचोकमा गरिएको वृक्षरोपण तथा जेसीज वन उद्घाटन कार्यक्रमको सञ्चालन इटहरी जेसीजका महासचिव योगेन्द्र पौडेलले गरेका थिए ।

briksha ropan  (1) 2 briksha ropan  (2) 3

 

 

briksha ropan  (4)