इटहरीः पिसजोन आवासीय माविले अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल अवार्ड २०१९–२२) जित्न सफल भएको विद्यालयले जनाएको छ ।

ब्रिटिस काउन्सिलद्वारा स्थापित सो अवार्डको सबै १२ ओटै विधामा स्कुल उत्कृष्ट भएको भाइस प्रिन्सिपल विनय दाहालले बताए । देश तथा विदेशका विभिन्न विद्यालय, शिक्षक र विद्यार्थीहरूसँग सहभागितामूलक शैक्षिक परियोजना उत्कृष्ट रूपमा सम्पन्न गरेबापत सो अवार्ड प्रदान हुने गरेको विद्यालयले जनाएको छ ।

नेपालबाट ६० ओटा विद्यालय तथा विभिन्न ८ ओटा देशका विद्यालयसँग परियोजना सम्पन्न गरी सो अवार्ड प्राप्त गरेको स्कुलका प्रिन्सिपल केशवप्रसाद भट्टराईले जानकारी दिए । यो अवार्डले विद्यालयलाई थप हौसला प्रदान गरेको उनको भनाइ छ ।

यो अवार्ड नयाँ शैक्षिक विधि तथा प्रविधिको प्रयोग गरी पढ्ने र पढाउने गरी विश्वमा चलेको नयाँ पद्धति र शैक्षिक आयाम भएको भट्टराईको भनाइ छ ।

peacezone award  (4) peacezone award  (3) peacezone award  (5)

 

peacezone award  (2)