इटहरीः जेसीज सप्ताहअन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी पहिलो भएका छन् ।
विश्व आदर्श कलेज इटहरीमा सम्पन्न प्रतियोगितामा विश्व आदर्शका रिजन श्रेष्ठ दोस्रो र सुष्मा गोदावरी कलेजकी पुस्तिका भण्डारी तेस्रो भइन् ।
स्व. टंकप्रसाद निरौलाको स्मृतिमा भएको वक्तृत्वकला प्रतियोगितामा ‘नेतृत्वको लागि उठौं, विकास र परिवर्तनको लागि नेतृत्व’ शीर्षकमा विद्यार्थीले आफ्ना धारणा राखेका थिए । इटहरी जेसीजका अध्यक्ष विनोद पौडेलको अध्यक्षता तथा शिक्षासेवी लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक मिसन पराजुलीका अनुसार प्रतियोगितामा इटहरीका ६ ओटा शैक्षिक संस्थाका विद्यार्थी सहभागी थिए । प्रतियोगिताको निर्णायकमा प्राडा बद्रीविशाल पोखरेल, किशोर भण्डारी र अर्जुन खरेल रहेका थिए । विजेतालाई जेसीज सप्ताहको समापनमा पुरस्कृत गरिने कार्यक्रम संयोजक पराजुलीले बताए ।