इटहरीः के तपाइ अध्ययनको लागी विदेश जाने परामर्श लिनको लागी काठमाडौँ जाँदै हुनुहुन्छ? हुनुहुन्छ भने अब पर्दैन । धरान र इटहरीमा इडेन एकेडेमीले यही परामर्श दिँदैछ । परामर्श  नेपालीहरूले नभएर सम्बन्धित कलेजका प्रतिनिधिहरूले दिनेछन् । इडेन एडुफेयरको २०१९ नामक शैक्षिक परामर्श मेलामा विदेशी प्रतिनिधिहरू नै आएर जानकारी दिने आयोजकले बताएको छ ।

प्रदेश १ बाटै सञ्चालित दशक लामो इतिहास भएको इडेन एकेडेमीका अध्यक्ष मोहन तिगेलाका अनुसार विभिन्न पाँच देशका प्रतिनिधिहरू धरान र इटहरीमै आउदैछन । अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड र भारतका विभिन्न कलेज र विश्वविद्यालयका प्रतिनिधिहरू आएर आफै परामर्श दिने तिगेलाले बताए । उनले भने, ‘साइन्स, व्यवस्थापन, पर्यटन, हस्टिटालिटि, माविकि, मेडिकल देखी इन्जिनियरिङ शंकायमा पढ्न चाहने विद्यार्थीहरू कलेज र विश्वविद्यालयकै प्रतिनिधिबाट जानकारी गराउन यो कार्यक्रम गर्न लागिएको हो ।’

स्नातक, स्नातकोत्तर, विद्यावारिधि देखी अनुसन्धान सम्मका सबै तहका विद्यार्थीहरूलाई परामर्श दिइने तिगेलाले बताए । प्लस टु कोर्समा भने विदेश जान मान्यता नभएकोले उक्त तहमा परामर्श नहुने तिगेलाले प्रस्ट पारे ।

आइएलटिएस परीक्षा दिन तयार विद्यार्थीहरूले समेत तत्काललाई परीक्षाको फारम भर्न सक्ने तिगेलाले बताए । भदौ ८ गते धरानको गोरखा डिपार्टमेन्ट स्टोर्सको सेमिनार हलमा र ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा प्रदेश १ र २ का विद्यार्थीहरूलाई लक्षित गरेर परामर्श सेवा दिइने तिगेलाले बताए ।

‘अब कन्सल्टेन्सी क्षेत्रमा संघियताको अभ्यास गर्न हामीले काठमाडौँमा पाउने सूचना यही दिएका छौँ’, शैक्षिक परामर्श दाताहरूको छाता सङ्गठनको प्रदेश १ अध्यक्ष समेत रहेका तिगेलाले भने,‘काठमाडौँमा आउने विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिलाई पनि प्रदेश १ मै ल्याउँदै छौँ ।’