माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावन गाैसलामा गङ्गा अारतीकाे सुरुवात गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पारेर गाैसलामा वृहत् आरती कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा सुन्दरहरैँचाका मेयर शिवप्रसाद ढकालले गाैसला धार्मिक पर्यटनको केन्द्र बन्ने बताए । इटहरीबाट नजिक रहेको उक्त क्षेत्रमा धार्मिक पर्यटकीय सम्भाव्यता रहेको भन्दै चाँडै यस ठाउँको परिचय बदलिने बताए । उनले गाैसला क्षेत्रको विकास हुँदा यहाँका जनताको पनि विकास हुने भन्दै नगरपालिकाले गाैसला क्षेत्रको विकासमा खर्च गर्दा मेयरविरूद्द गाली अाएकाे समेत गुनासो गरे । उनले एक करोड मेयरले खाएको भन्ने तरिकाले प्रचार भएकोप्रति दुख व्यक्त गरे । गाैसलाकाे विकासमा नगरपालिका सँधै हाताेमालाे गर्न तयार रहेकाे बताए ।

राधेश्याम सेवा ट्रस्टका संरक्षक दिनबन्धु शास्त्रीले यस ठाउँलाइ धार्मिक केन्द्रसँगै पर्यटकीय केन्द्रका रूपमा समेत विकास गरिने योजना रहेको बताए । बुढी खाेलापार गर्न झाेलुँगे पुल समेत बन्ने पक्का भएपछि गाैसलाले मुहान फेर्ने विश्वास व्यक्त गरे । साेहिअनुसार पहिलो पटक प्रयास गरिएको गंगाअारतीलाइ हरेक वर्ष निरन्तरता दिनेसमेत शास्त्रीले जानकारी दिए ।